सज्जन महिला साकोसद्वारा सदस्यका ६० परिवारलाई खाद्यान्न वितरण


हरेकपल May 2, 2020

काठमाडौं, २० वैशाख । सज्जन महिला साकोसले आफ्ना ६० परिवारलाई खाद्यान्न वितरण गरेको छ । संस्थाको सञ्चालक समिति, लेखा समिति, ऋण उप समिति, संस्थाका कर्मचारी तथा संस्थाकै सदस्यहरुबाट रकम संकलन गरि आफ्ना सदस्य र केही अफ्ठ्यारोमा परेका सदस्य गरी जम्मा ६० परिवारलाई राहत बितरण गरेको छ ।

यो जटिल परिस्थितिमा कोहि पनि भोकै बस्नु नपरोस् भन्ने ध्येयले राहत वितरण अभियान शुरु गरिएको संस्थाले बताएको छ । हुँदा खाने र हुने खाने बिचको सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई सज्जन महिला साकोसको टिमले आत्मसात गर्दै यो अभियान शुरु गरेको बताइएको छ ।
कामनपाका वडा –६ का वडा अध्यक्ष दिपेन्द्र लामा, वडा सदस्य जयराम पुडासैनीको रोहवरमा उक्त राहत भृकुटी चोकबाट बितरण गरिएको थियो।
सज्जन महिला साकोस टिम, समाजसेवी धर्मसागर ढ्काल, डोजाङ्ग शेर्पा, बुद्धि गम्भीर थापा, ऋषि जमरकट्टेल गोबिन्द भट्टराई लगायतले उक्त राहत वितरणलाई सहजीकरण गर्नु भएको थियो।
३० बोरा चामल , ६० लिटर खाने तेल,६० किलो दाल,६० पाकेट नुन,६० पाकेट मस्यौरा ६० वटा साबन , ३० किलो गाजर गरि जम्मा रु. ६८ हजार ९ सय बराबर रकमको राहत बितरण गरिएको थियो ।

कोरोना भाईरसका कारण लकडाउनमा बसेको ४० औं दिन भई सकेको छ । यो अवस्थामा सामान्य नहुँदासम्मकोलागि कोहि सदस्य भोकै बस्न नपर्ने गरि सज्जन महिलाको टिम नै यो अभियानमा लागेको बताइएको छ ।