कस्ता व्यक्तिले स्पष्ट बोल्छन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल May 2, 2020

निःस्पृहो नाऽधिकारी स्यान्नाऽकामी मण्डनप्रियः ।
नाऽविदग्धः प्रियं ब्रूयात्, स्फुतवक्ता न वञ्चकः ।।–
पञ्चतन्त्र

इच्छालाई जितेको व्यक्ति अधिकारी हुँदैन, काम वासना नभएको मान्छेले शृङ्गार गर्देन, मूर्खले कहिल्यै पनि मीठो वोल्दैन र स्पष्ट बोल्ने व्यक्ति ठग हुँदैन ।

जो जितेन्द्रिय छ ऊ संसारका लागि अधिकारी होइन । अर्थात् मनमा इच्छा नहुने व्यक्तिले कुनै पनि कार्य गर्न सक्दैन । यसैगरी शृङ्गार गर्नु पनि भित्रि काम वासना दर्शाउनु नै हो । मनमा रहेको इच्छाको प्रदर्शन शृङ्गारबाट हुँने गर्दछ । मान्छेले आफ्नो रुचि अनुसारको नै पहिरन लगाएको हुन्छ । कुनै कामना नएको व्यत्तिले पहिरनममा महत्व दिएको हुँदैन । यसैगरी मूर्ख मीठो बोल्दैन र स्पष्ट बोेल्ने व्यक्ति पक्का हुन्छ भन्ने नीति वचन मननीय छ ।