वैशाख २६ गते संसदको बजेट अधिवेशन


हरेकपल May 3, 2020

काठमाडौं, २१ वैशाख । मन्त्रिपरिषदले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको बैठकले २६ गते ४ बजेका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्छ । बजेट ल्याउनुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ ।