विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु


हरेकपल May 3, 2020

बुटवल, २१ वैशाख । रुपन्देहीको सियारीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको सियारी–१ भगदरी निवासी ४५ वर्षीया राधा थारुको मृत्यु भएको हो ।

उनलाई खेतमा काम गर्न गएका समयमा सर्पले डसेको थियो । उनको उपचारका क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

उनको अन्तिम दाहसंस्कार आजै भएको छ ।