कस्ता व्यक्तिलाई कर्तव्यनिष्ठ भनिन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल May 3, 2020

प्रज्ञावृद्धं धर्मवृद्धं स्वबन्धुं विद्यावृद्धं वयसा चाऽपि वृद्धम् ।
कार्याकार्ये पूजयित्वा प्रसाद्य यः सम्पृच्छेन्न स मुह्येत् कदाचित् ।।
– विदुरनीति

जो व्यक्ति विद्या र बुद्धिमा अग्रज, धार्मिक गण्यमान्य र आफूभन्दा ज्येष्ठ व्यक्तिलाई सम्मान एवं सत्कार गरी समस्याको समाधान खोज्छन् ती नै कर्तव्यनिष्ठ हुन् ।


अग्रजको सम्मन एवं आदर सत्कार सदा सर्वदा नै गर्नुपर्दछ । किनकि अधिकतर समस्याको समाधान समयको क्रमले, अध्ययनको ज्येष्ठताका साथै ज्ञानको प्रायोगिक परिपाकले पारङ्गत ज्येष्ठ व्यक्तित्वमा रहने गर्दछ ।


अग्रज एवं विद्वान् व्यक्तिप्रति गरिएको पूज्य भावले अनेकौँ समस्याका समाधान निष्किन सक्दछन् । यसरी जसले अग्रजलाई सादर सत्कार गरी समस्याको समाधान निकाल्नसक्छन् वास्तवमा ती व्यक्ति नै कर्तव्यनिष्ठ हुन्, मोहरहित असल व्यक्ति हुन् भन्ने आजको नीतिवचन मननीय छ ।