आज प्रदोषव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ वैशाख २३ गते


हरेकपल May 4, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको २३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको ५ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख शुक्लपक्षको त्रयोदशी तिथि राति ९।४६ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । हस्ता नक्षत्र बेलुका १५।२ बजेसम्म रहनेछन् । यसैगरी आज वज्र योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।२३ मा छ भने सूर्यास्त बेलुका ६।३९ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा रहेका छन् ।


आज प्रदोषव्रत परेको छ । त्रयोदशी तिथिको सन्ध्याकालीन समय विशेष दोषयुक्त रहन्छ । यस अवसरमा केवल शिवजीको उपासना गर्नुपर्दछ । आज प्रदोषको व्रतधारण गर्नाले मनोवाञ्छित फल प्राप्त हुने गर्दछ ।