नेपालगञ्जमा थपिए सात कोरोना संक्रमित, संक्रमितको सख्या ८२ पुग्यो


हरेकपल May 5, 2020

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए ।

संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।