सत्य के हो ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल May 5, 2020

सत्यमेवेश्वरो लोके सत्ये धर्मः सदाश्रितः ।
सत्यमूलनि सर्वाणि सत्यान्नास्ति परं पदम् ।। – वाल्मीकि


सत्य नै ईश्वर हुन् । धर्म पनि सत्यमै आश्रित छ । सत्य नै समस्त भव विभवको मूल हो । सत्यभन्दा माथि अरु केही छैन ।

सत्य नै ईश्वर हो । आफूभित्रको ईश्वरलाई थाह नपाई अन्यत्र भौँतारिनु गलत हो । किनकि आफ्नो सत्यतामा नै ईश्वरको वास रहेको हुन्छ । अझ भनौ वास्तवमा सत्य नै ईश्वर हो । यही सत्यमा नै धर्म पनि अडिएको छ । सत्य नहुने हो भने धर्म पनि रहन असम्भव छ । सत्य नै सृष्टिको कारक हो । सत्य भन्दा माथि केही नभएकाले ईश्वर प्राप्तिका निम्ति सत्यको वरण गर्नु नै उपयुक्त हुन्छ भन्ने नीति वचन मननीय छ ।