लकडाउन लम्ब्याउनेबारे आजको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने


हरेकपल May 6, 2020

काठमाडौं । आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा मंगरबार बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरे पनि कति दिन थप्ने भन्ने विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बोलाईएको हो ।

मंगरबार बसेको समन्वय समिति बैठकले पनि सरकारलाई लकडाउनलाई निरन्तरता दिन सिफारिस गरेको थियो ।