जेठ ५ गतेसम्म लकडाउन थप्ने मन्त्रिपरिषद्को निर्णय


हरेकपल May 6, 2020

काठमाडौं, २४ वैशाख । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो। कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन थप्दै आएको छ।

क्षेत्र छुट्याएर लकडाउन खुकुलो बनाउँने तयारी भइरहदाँ कारोना संक्रमितको सख्या बढ्दै जान थालेपछि सरकारले अवधि लम्ब्याएको हो । बुधवार दिउँसोसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । हालसम्म संक्रमित कसैको पनि मृत्यु भएको छैन ।