भोलि आख्यान दिवस, भर्चुअल कन्फेरेन्स गरेर मनाइदै


हरेकपल May 6, 2020

काठमाडौं, २४ वैशाख । भोलि वैशाख २५ गते अर्थात् आख्यान दिवस । २०७० सालदेखि निरन्तर मनाउँदै आइरहेको आख्यान दिवस कोरोना संक्रमणको जोखिमका कारण भोलि दिउँसो ठिक २ बजे जुमबाट भर्चुअल कन्फेरेन्स गरेर मनाइदैछ ।

भर्चुवल कन्फेरेन्समा वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतम, साहित्यकार एसपी कोइराला, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, साहित्यकार गीता केसरीलगायत वरिष्ठ आख्यानकारहरुको सहभागिता रहने बताइएको छ । उक्त कार्यक्रमको हरेकपल डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हेर्न र कार्यक्रममा सहभागी हुन सकिनेछ । सहभागिताकोलागि भोलि दिउँसो १ः ३० बजेपछि हरेकपल डट कमको फेसबुक पेजमा जुमको मिटिङ आइडि राखिने छ ।

उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाले मनाउन शुरु गरेको यो दिवसका अवसरमा यो वर्ष दीप गोविन्द स्मृति सम्मानबाट सम्मानित हुनेहरुको घोषणा गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उपलब्धि सहकारीले लामो समयदेखि साहित्यको योगदानमा रचनात्मक भूमिका खेलिरहेको सन्दर्भमा उपलब्धिले मात्र नभई राज्यले नै आख्यान दिवस मनाउनुपर्नेमा साहित्यकारहरुको जोड रहेको छ ।

जुम कसरी चलाउने ? याे पनि हेर्नुहाेस्