बुधबार थपिए एकै परिवारका १७ जना कोरोना संक्रमित, कुल ९९ पुगे


हरेकपल May 6, 2020

वीरगन्ज, २५ वैशाख । बुधबार वीरगन्जमा १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरु एउटै परिवारका सदस्य रहेको खुलेको छ ।

उनीहरु वैशाख २१ गते संक्रमण देखिएका पुरुषका परिवार रहेको खुलेको हो । आज देखिएका १७ जना संक्रमितमध्ये दुई महिने शिशु पनि छन् ।

वैशाख २१ गते महानगरपालिका–३ स्थित छपकैयामा बस्दै आएका एक पुरुषमा संक्रमण देखिएपछि उक्त पुरुषका परिवार र सम्पर्कमा आएकाहरूको परीक्षण गर्न काठमाडौं पठाइएको थियो ।

संक्रमित पुरुष राहत वितरणमा पनि सहभागी भएकाले संक्रमण थप बढ्न सक्ने वीरगन्ज महानगरले जनाएको छ ।

बुधबार १७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । जसमा २२ जना निको भएकोमा तीनजनामा पुनः संक्रमण देखिएको छ ।