आरडीटी टेष्ट तत्काल रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन


हरेकपल May 7, 2020

काठमाडौं । र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।अधिवक्ता ज्ञानेन्द्रराज आरण, सन्तोष भण्डारीलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई रिट दायर गरेका हुन् । रिट निवेदन हिजो बुधबार दर्ता भएको हो ।

विश्वमा सबैभन्दा भरपर्दो जिनको परीक्षण गर्ने आरटी पिसिआर विधिको परीक्षणलाई तिव्रता नदिई आरडीटी टेष्ट भइरहेको भन्दै तत्काल यो परीक्षण रोक्न माग गर्दै रिट दर्ता भएको हो । विश्वस्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परीषद्को ऐन तथा नियमावली अनुसार मानव स्वास्थ्यसँग जोडिएको हरेक परीक्षण र अनुसन्धान ह्यूमन इथिक्समा आधारित हुनुपर्ने रिटमा भनिएको छ ।

रिटमा भनिएको छ, आरडीटीले संक्रमणको आँकलन मात्र गर्ने हो । विश्व स्वास्थ्य संगठनले सम्भावित संक्रमितमा कोरोना भाइरसको परीक्षणको लागि ‘ई’ ‘आरडी आरपी’ र ‘एन’ जिनको परीक्षण आरटी पिसिआरबाट गर्न भनेको छ । विश्व स्वास्थ्य संगठनले संक्रमणको परीक्षण गर्दा स्वाबको श्वास प्रश्वास प्रणालीको माथिल्लो र तल्लो दुवै भागको जैविक वस्तु परीक्षण गर्ने सल्लाह दिएको पनि रिटमा भनिएको छ । राजधानी दैनिकमा खबर छ ।