तुरुन्त स्थायी समिति बैठक बोलाउन प्रचण्ड–नेपाल समूहको माग


हरेकपल May 7, 2020

काठमाडौं, २५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाउन माग गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा भएको प्रचण्ड र नेपालनिकट स्थायी समिति सदस्यको भेलाले अविलम्ब स्थायी कमिटी बैठक बोलाउन माग गरेको हो ।

स्थायी समिति सदस्यको भेलाले स्थायी कमिटी बैठक बोलाउनुको विकल्प नरहेको निष्कर्ष निकालेको एक स्थायी समिति सदस्यले बताए । यसअघि बिहीबारका लागि बोलाइएको स्थायी कमिटी बैठक बुधबार साँझ स्थगित गरिएको थियो ।

उनीहरुले नीति तथा कार्यक्रम र बजेट बनाउनेबारे समेत पार्टीमा छलफल जरुरी रहेको बताएका छन् । सचिवालय बैठकले धेरै विषय टुंगो लगाउन नसकेकाले समेत स्थायी समिति बैठक माग गरिएको ती स्थायी समिति सदस्यले बताए ।