आज शुक्रवार, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ वैशाख २६ गते


हरेकपल May 7, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको २६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको ८ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत ज्येष्ठकृष्णपक्षको प्रतिपदा तिथि दिवा २।५८ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । विशाखा नक्षत्र दिवा १०।२७ बजेसम्म रहनेछन् । यसैगरी आज वरियन योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।२१ मा छ भने सूर्यास्त बेलुका ६।४१ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा रहेका छन् ।


आज शुक्रावर इन्द्रायणी भगवतीको उपासनाका साथै सेता वस्तुको प्योग लाभदायी रहनेछ । यसैगरी आज रेडक्रस दिवसका साथै कानुन दिवस पनि हो ।