उपलब्धि सहकारीबाट संस्थाका सदस्यहरुलाई राहत वितरण


हरेकपल May 8, 2020

काठमााडौं, २६ वैशाख । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लि. ले हरेक वर्ष वैशाख २५ गते मनाउदै आएको आख्यान दिवस कोरोना कहरका कारण अघिल्ला वर्षहरु भन्दा फरक ढंगले मनायो ।

संस्थाले साहित्यकारहरुको सहभागीतामा भर्चुअल माध्यमबाट आख्यान दिवु मनाउनुकासाथै आफ्ना सदस्यहरुलाई राहत स्वरुप खाद्यान्न बितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रतिभा निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘संस्थाको कार्यालय स्थान कामनपा वडा नं २ कैलासचौरमा संस्थाका सदस्यहरुको बाक्लो बसोबास रहेको छ। बिगत ४५ दिनदेखिको लकडाउनका कारण दैनिक काम गरेर खाने परिवारमा अभावको पीडा सबैमा जानकारी नै छ। यस संस्थाको बिशेष दिन २५ वैशाखकादिन संस्थाले आफ्नो सामाजिक उतरदायित्व सम्झेर सेवाभाबनाले अति नै आबश्यक देखिएका २६ घर परिवारलाई खाद्यान्न बितरण गरियो।’

प्रत्येक राहत प्याकेटमा परिवार संख्या हेरेर १५ देखि २० किलो चामल, १ लिटर तेल, १ किलो नुन, १ प्याकेट मसौरा र १ किलो दाल गरि बितरण गरिएको थियो ।

खाद्यान्न बितरण कार्यक्रमको सुचना पाएर हार्दिकता साथ सहयोग गर्नु हुने गिरिराज संग्रौला, जीवनबाबु श्रेष्ठ, रोजिना श्रेष्ठ, दिपिका पोख्रेल, जुना गुरागाई, र सीता पोख्रेल खनाललगायत स्वयंसेवी भुमिका निर्वाह गर्नु हुने सदस्य बुद्धलक्ष्मी रजक, निसा रजक, जुलि बुद्वाचार्य र संस्था कि कर्मचारी रबिना रजकलाई संस्थाले धन्यवाद समेत दिएको छ ।