गत पुषमा चीनको बुहान शहरबाट सुरु भएको कोभिड-१९ को महामारीको कहरबाट हाल संपुर्ण बिश्व नै आक्रान्त छ । यो लेख तयार पार्दा सम्म अर्थात यही बिहिवार अर्थात २५ बैशाखको मध्यसम्म ३८ लाख ३६ हजार भन्दा बढी मानिस यसबाट संक्रमित भएका छ्न् भने २ लाख ६५ हजार भन्दा बढी को मानिसहरुको दुःखद निधन भई सकेको छ । यदि कोरोनाको महामारी अफ्रिकामा भित्रीयो भने १ करोड सम्म मानिहरुको मृतु हुन सक्ने विल गेटस् को अनुमान छ । हाल सम्म ९९ जना मात्र संक्रमित भेटिएको र कसैको मृतु नभएको भए पनि नेपाल पनि बिस्तारै यो महामारीको चपेटामा पर्न सक्ने आसंका गर्न सकिन्छ ।
एक ब्यक्ति बाट अर्कोमा द्रुत गतीमा सर्ने यस माहाब्याधीको उपचारको लागि हाल सम्म कुनै औंषधी तयार भै नसकेकोले अनाबस्यक मानव संसर्गमा नियन्त्रण (सोसियल डिसट्यान्सिंङ) र नियमीत व्यक्तिगत सरसफाई (हात धुने) नै यस्को नियन्त्रण र यसबाट बच्ने उत्तम उपाए मानिएको छ । चर्चित पुस्तक गन, र्जम्स र स्टिलका लेखक जारिद ड्यामोण्डले भने जस्तै यो एक ‘भीड रोग’ (क्राउड डिजीज) भएकोले अहिले बिश्व भरिनै मानिसहरुको आवागमन र जमघटमा नियन्त्रण गरियको छ । ‘जब दुश्मन अदृश्य हुन्छ, लुक्नु नै बुद्धिमानी हुन्छ’ भन्ने चानक्य निती यस अबस्थामा मानिसहरुले लागु गरेको हो कि भन्ने भान पनि हुन्छ ।
हाल नेपाल लगायत बिश्वका थुप्रै देशहरु बन्दाबन्दीको (लक डाउन) स्थितीमा छन् । संसारभरि करिब ३ अरब मानिसहरु आ-आफ्नो घर आगनमा थुनिएर बस्नु परेकोले बिश्वमा आर्थिक गतिबिधीहरु नराम्रो संग प्रभाबित भएका छ्न् । बिश्वका एक अरब पचास करोड भन्दा बढी बिध्यार्थीहरुको पढाई अबरुध्द भएको छ । पच्चिस करोड मानिसले आफ्नो रोजगार गुमाउन सक्ने देखिएको छ । यो महामारीबाट गरीब र निम्न आय भएका मानिसहरु धेरै प्रभाबित हुने छ्न् । यसले बिश्वमा गरीबको संख्या करोडौमा बृद्धी गराउने र भोकमरीको समस्या सिर्जना गर्दैछ । कोभिड-१९ बाट प्रभाबित बिश्व अर्थब्यबस्था लाई पुनः ठिक लयमा फर्काउन ७ ट्रिलीयन डलर भन्दा बढी खर्च हुन सक्ने अनुमान गरिदैछ । नेपालमा पनि आर्थीक कृयाकलापहरु नराम्रो संग प्रभाबित भएका छ्न् जस्ले गर्दा यस बर्षको आर्थीक बृद्धि दर २.२७% मा संकुचन हुने भएको छ जुन गत आर्थीक बर्षको तुलनामा सिर्फ एक तीहाई जति मात्र हो ।
कोभिड-१९ सरुवा रोगको महामारी दोस्रो विश्वयुद्ध पछि संसारले सामना गर्नु परेको सबैभन्दा ठूलो समस्याको रुपमा देखा पर्दैछ । यो महामारी कति सम्म जान्छ र यस्को अन्तिम प्रभाव कस्तो हुनेछ भन्ने एकीन गर्न केहि समय लाग्ने भए पनि बिभिन्न बिज्ञहरुका अनुसार कोभिड-१९ पछिको बिश्व अहिलेको भन्दा धेरै फरक हुनेछ । किनकी विगतमा भएका यस्तै महामारीहरूले जन विद्रोह सृजना गरेका, साम्राज्यहरूलाई तहसनहस पारेको, र जनताले व्यापक अनिकाल र भोकमरीको सामना गर्नु परेको हामी पाउदछौं। अझ १४औं सताब्दीमा लामो समय सम्म चलेको प्लेगको महामारीका कारणले गर्दा जनसंख्या ब्यापक रुपमा घट्न गई धेरैजसो जमिनहरु बन जंगलले ढाकिदा जलवायुमा परिवर्तन आएको र यूरोप छोटो समय हिमयुगको (लिटिल आईस एज) चपेटामा परेको भन्ने बैज्ञानीकहरुको राय छ । हाम्रै देशको ईतीहास केलाउदा पनि सरुवा रोगको महामारीले राजा लगायत हजारौं जनताहरु मरेका र हरेक महामारी पछि दुर्भिक्ष या अनिकालको सामना गर्नु परेको पाईन्छ ।
मानब सभ्यताको बिकास क्रममा हालसम्म सरुवा रोगको महामारीहरुले बिश्वको कुनै सभ्यता, सताब्दि, साम्राज्य र समाज लाई छोडेका छैनन् । रेबिज रोगको बर्णन त अर्थव वेदमा पनि उल्लेख छ । त्यस्तै रोमन, ग्रिक र चिनीया प्राचीन ग्रन्थहरु देखि हाम्रै देशको बंसावलीहरु पनि प्लेग, बिफर जस्ता बिभिन्न रोगहरुको महामारीका दुःखत बिबरणहरुले भरिएको पाईन्छन् । तर प्राचिन काल देखि अठारौं शताब्दीको अन्त्य तिर सम्म मानव समुदायमा बिभीन्न सरुवा रोगहरुको बास्तबिक कारण र उपचार बिधीको बारेमा खास जानाकारी थिएन । उनीहरु यसलाई ईश्वरले रिसायर दिएको सजायको रुपमा लिने र भगवानलाई खुसीपार्न बिभिन्न पुजापाठ गर्ने गर्दथे । नेपालमा पनि बेला बेलामा हुने बिफरजस्ता महामारीको उपचारको लागी सीतला माईको पुजापाठ गर्ने चलन भएको पाईन्छ ।
अठारौं शताब्दीको अन्त्य तिर फ्रान्सेली डाक्टर एरसिनले प्लेग को जीबानु (ब्याक्टेरीया), त्यसै ताका बेलायती चिकीत्सक एड्वार्ड जेनरले बिफरको खोप र १९औं शताब्दीको मध्यतिर फ्रान्सेली बैज्ञानीक लुईस पास्चरले रेबिजको खोप पत्ता लगाए पछि मानिसहरुमा यस्ता सरुवा रोगहरु देबता रिसायर होईन बरु बिभीन्न किसीमका बिषानु या किटानुहरुको संक्रमणबाट हुने र रोगको निदानको लागि पुजापाठ होईन सरसफाईमा ध्यान दिनु पर्ने, खोप लिनु पर्ने रहेछ भन्ने बिश्वास हुन थाल्यो । यस्ता खोपको सफल उपचारले गर्दा मानव समुदायमा सदियौं देखि रहदै आएको धार्मिक अन्धबिश्वास हट्नगई समाज बैज्ञानिक अनुसन्धान र आबिस्कारको महत्व र आबश्यकता तर्फ प्रेरित भएको पाईन्छ । यसरि सरुवा रोगको महामारीबाट अक्रान्त मध्य-युगीन समाजको सोच र बिश्वास अज्ञान बाट बिज्ञान साथै अन्धबिश्वास छाडेर अन्वेसन तर्फ परिबर्तीत हुन गएका कारण आज मानव समुदाय रेबिज, प्लेग, बिफर, फ्लु, आदि थुप्रै सरुवा रोगहरुमाथि नियन्त्रण गर्न सफल भएको छ ।
धार्मीक अन्धविश्वासमा जकडिएको र विज्ञानको खास विकास नभएको प्रचिन मानव समाजमा संक्रामक रोगहरूको महामारी हुनु स्वाभाबिक भएपनि आजको बिकसीत समाज अझै पनि एचआईभि/एड्स, स्वाईन फ्यूल, सार्स, मेर्स, ईबोला र हाल आएर कोभिड-१९ जस्ता बिभिन्न नयाँ नयाँ सरुवा रोगहरुको महामारीको कहरबाट किन पिडीत भै रहेको छ? पर्याप्त स्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधिहरूले सम्पन्न आजको बिकसीत र आधुनिक समाज पनि बिभिन्न सरुवा रोगहरुको प्रकोपबाट समय समयमा पिडीत हुनु भनेको आफैमा ठुलो चिन्ताको साथै एक गम्भीर चुनौती र गहिरो बिश्लेसणको बिषय बन्न पुगेको छ । सोचनिय त के छ भने यस्ता संक्रमित रोगहरूको प्रकोप अझ बढ्ने क्रममा मात्रै होईन अझ डरलाग्दा र छिटोछिटो फैलिन सक्ने नयाँ नयाँ भाईरसहरु पनि देखापर्दै छ्न् । भनिन्छ मानवलाई संक्रमन गर्न सक्ने १७ लाख जति अज्ञात भाईरसहरु बिभिन्न स्तनधारी जनावर र जल पन्छीहरुमा रहेको छ्न् । त्यसैले कोभिड-१९ जस्तै भबिष्यमा कहिले अर्को कुन महाब्याधीको बिश्व समाजले सामना गर्नु पर्ने हो कसैलाई थाहा छैन ।
त्यसो भए के हाल उपलब्ध ज्ञान, बिज्ञान र प्रबिधी सरुवा रोगको महामारी संग जुध्न प्रयाप्त छैनन् त? या प्राप्त ज्ञान र प्रबिधीहरुको राम्रो संग उपयोग र उन्नत बनाउने प्रयासमा हामी चुकीरहेका छौं त? बस्तबिकता भने फरक छ । बिज्ञ र बैज्ञानीकहरुले कोभीड-१९ जस्ता भाईरल रोगको महामारी आउन सक्ने र यस्ता महामारीबाट जन धनको क्षती हुन नदिन के के गर्नु पर्दछ भन्ने कुरा दसकौं देखि सुझाउदै आएको पाईन्छ । सामान्यतया जन स्वाथ्य र बातावरण संबन्धि विज्ञहरूले सरुवा रोगको महामारीलाई नियन्त्रण गर्न तीनवटा उपाए सुझाएको पाईन्छ । जस्तै १. भाईरल रोगका बारेमा अनुसन्धान र औंषधि बिकासमा प्रयाप्त स्रोतको ब्यबस्था; २. बन बिनास, जलबायू परिबर्तन र सरुवा रोगको प्रकोपको बिचमा सिधा अन्तरसंबन्ध देखिएकोले बन बिनास र कार्बन उत्सर्जनमा नियन्त्रण; २. बन्यजन्तुको वसार पसार, पालन र उपभोगमा नियन्त्रण । यि सुझाबहरुको तात्पर्य प्रष्ट छ, सकेसम्म जनावरहरुबाट भाईरसहरु मानिसमा सर्न नदिने परिस्थिती सृर्जना गर्ने तर यदि रोगको संक्रमन भईहाले उपचारको लागि खोप या औंषधी तयार राख्न निरन्तर अध्ययन अनुसन्धान गर्नु पर्ने।
त्यसैले सरुवा रोगहरुको महामारीका कारण र रोकथाममा ज्ञान, औषधी बि्ज्ञान र प्रबिधीको कमी भन्दा नि हाम्रा जीवन सैली र सोच साथै बिकासका अबधारणाहरु बाधक भएको पाईन्छ । किनकि चीनको ग्वाङडोङ प्रोभिन्सको एक आलो मासु बजार (वेट मार्केट) मा बेच्न राखेको एक किसिमको चमेरोबाट नीर बिरालो प्रजाती (सिभेट्स क्याट) मार्फत भाईरस मानिसमा सर्नाले सन् २००३ मा सार्स माहामारीको प्रकोप भएको थियो । तर यस्ता धटना बाट हामीले खास शिक्षा लिएनौं, सर्तक भएनौं, आलो मासु बजार (वेट मार्केट) निरन्तर संचालन गर्न दियौं जस्को परिणाम अहिले हाम्रो सामु छ । सरुवा रोग अनुसन्धानकर्ताहरुको अनुमान छ कि कोरोना भाईरस पनि चीनको बुहान शहरको आलो मासु बजार (वेट मार्केट) मा बेच्न राखेका चमेरो बाट सालक या र्सप हुदै मानिसमा सरेको हुनसक्छ ।
यस अर्थमा कोभिडको महामारीको लागि भाईरस दोषी छैन । अदुरदरर्सी राजनिती र ‘आर्थीक बिकास नै सबै हो’ भन्ने साँघुरो बिकास नितीले गर्दा बिज्ञान सम्मत र बिज्ञहरुको दिएका सही सुझाबहरुले उचित प्रथमिकता नपाउनु नै आज को कोभिड-१९ को कहरको मुलजड हो भन्नु अनुचित नहोला । त्यसैले होला प्रख्यात ईजराईली लेखक युवल हरारी कोभिड-१९ को महामारी प्राकृतिक प्रकोप होइन, यो मानव असफलता हो भन्नु हुन्छ । संयुक्त राष्ट्र संघको जैविक विविधता र इकोसिस्टम सेवाहरुका लागि अन्तर सरकारी विज्ञान – नीति मंञ्चले (आई.पि.बि.ई.एस) हालै प्रकासित एक रिर्पोटले पनि कोभिड-१९ को लागि जिम्मेवार एक मात्र प्रजाति कोहि छ भने ‘हामी’ हो र हाल भैरहेका बिभिन्न महामारीहरु मानव गतिविधिहरूको प्रत्यक्ष परिणाम हुन् भनि प्रस्ट पारेको छ ।
मानव कृयाकलापहरु कति हानीकारक रहेछ्न् भन्ने प्रमाण त केही महिनाको लकडाउबाट हाल प्रकृतीमा आएको स्वच्छताले ले नै प्रस्ट पारेको छ । आज आकाश नीलो देखिन्छ, हावा स्वच्छ छ, नदी र तालतलाउका पानी सफा भएका छ्न्, चराहरूको चीरबिर सुनिनछ्न्, र टाढा टाढाका हरीया पहाडहरू र सेता हिमाल देख्न सक्छौं। आज लकडाउनले गर्दा बिश्वमा बायु प्रदुशनका कारणबाट हुने लाखौं मृतु कम हुने र ८% जति कार्बन उत्सर्जन घटेको अनुमान गरिएको छ ।
यस बाट प्रष्ट हुन्छ भविष्यमा हुन सक्ने बिभिन्न सरुवा रोगहरुको प्रकोपहरुलाई रोक्ने एक मात्र उपाय भनेको हाम्रो राजनैतिक, आर्थिक र सामाजिक प्रणालीहरूको अवधारणामा परिमार्जन गर्नु हो। जस्को तात्पर्य साचो रुपमा नै हाम्रा बिकास निती बातावरण र प्रकृती मैत्री हुनु, आर्थीक कृयाकलाप सानो समुहको संबृध्दीको लागि मात्र नभै समाज केन्द्रित हुनु र हाम्रो सासन ब्यबस्था लोकतान्त्रिक र सहभागितामुलक हुनु हो । अब पोस्ट कोरोना रिकभरिका आर्थिक र भौतिक बिकासका गतिबिधीहरुमा यी अवधारणाहरु कति दृढताका साथ आत्मासाथ गरिन्छ त्यसैमा मानव समाजको स्वस्थ, सान्त र संबृद्ध भबिष्य अडेको छ भन्नु अनुचीत नहोला। त्यस्तै कोभिड -१९ को महामारीले यो पनि संझाई दियो कि मानव अस्तित्व प्रकृति संगको सह-अस्तित्वमा निर्भर गर्दछ न कि संघर्ष मा। यो संदेश प्रकृतीले एउटा अती सूक्ष्मजीव ‘कोरोना’ मार्फत आफुलाई अति सक्तिसाली ठान्ने ‘मानव’ जीबलाई बन्धक जस्तै बनाई दिनखोजेको छ । त्यसैले सोचौं हामी सह अस्तित्व स्वीकार्ने या समुल मानव जातीको नष्ट हुने भष्मासुर पथमा लाग्ने । विकल्प हाम्रो आफ्नै हातमा छ । प्रकृतीको सर्बश्रेष्ठ सृष्टि ‘मानव’ बदलिन्छ तर आफु आफ्नै बिनास पथमा लाग्दैन भन्नेमा बिश्वास गरौं ।