काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ । चिकित्सकको टोलीले शुक्रबार मध्यान्ह १२ बजे बालुवाटार गएर उनको थ्रोट स्वाब संकलन गरेको हो ।
प्रधानमन्त्रीको कोरोना रिपोर्ट आउन भने केही समय लाग्ने बालुवाटार स्रोतले जानकारी दिएको छ । यसअघि बिहीबार स्वाब संकलन गरिएका सांसद र कर्मचारी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारदेखि बजेट अधिवेशन तोकेकी छन् । संसद भवन प्रवेश गर्नुपूर्व सबै सांसद र कर्मचारीको कोरोना टेस्ट गरिएको हो ।