काठमाडौं, २६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच राष्ट्रपति भवन शितल निवासमा शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।
भेटमा सभामुख सापकोटाले कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा विश्व स्वास्थ्य संठनले दिशानिर्देश गरेअनुसार संसदको बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराएका थिए ।
राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच संघीय संसदको छैठौं अधिवेशन, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
संघीय संसदमा जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।