आज शनिवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७७ वैशाख २७ गते


हरेकपल May 8, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको २७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको ९ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत ज्येष्ठकृष्णपक्षको द्वितीया तिथि दिवा १।८ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अनुराधा नक्षत्र दिवा ९।२० बजेसम्म रहनेछन् । यसैगरी आज परिघ योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।२१ मा छ भने सूर्यास्त बेलुका ६।४२ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा रहेका छन् ।


आज शनिवार शिवजीको उपासनाका साथै पिपलको स्पर्श एवं जलअर्पण लाभदायी रहनेछ । यसैगरी शनिजन्य दोष निवृत्तिका निम्ति ॐ शं शनिश्चराय नमः भन्ने मन्त्रको जपका साथै शनिमृत्युञ्जस्तोत्र पाठ पनि आज शुभफलदायी रहनेछ ।