आज आइतवार, कस्ता कार्यका शुभ रहनेछन् ? हेर्नुहोस् २०७७ वैशाख २८ गते


हरेकपल May 9, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको २८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको १० तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत ज्येष्ठकृष्णपक्षको तृतीया तिथि दिवा ११।३९ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । ज्येष्ठा नक्षत्र दिवा ८।३३ बजेसम्म रहनेछन् । यसैगरी आज शिव योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।२० मा छ भने सूर्यास्त बेलुका ६।४२ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा रहेका छन् ।

आज आइतवार, सूर्य भगवान्को उपासनाका साथै राता वस्तुको प्रयोग लाभदायी रहनेछ । यसैगरी आज प्रातः कालमा सूर्यलाई अर्घ प्रदान गर्नाले पनि सूर्यजन्य दोष निवारण हुनुका साथै आत्मिक सुख प्राप्त हुने गर्दछ ।