लिपुलेक सडक निर्माण प्रकरण: संसदीय समितिमा छलफल हुने


हरेकपल May 10, 2020

काठमाडौं । छिमेकी मुलुक भारतले नेपालको भू–भाग भनेर जान्दाजान्दै लिपुलेक क्षेत्रमा सडक निर्माण गरेकोमा संसद्देखि सडकसम्म विरोध भएको छ ।

भारतले गएको वर्ष आफ्नो प्रशासनिक नक्सा सार्वजनिक गर्दा नेपाली भू–भाग लिपुलेक र लिम्पियाधुरा आफ्नो भू–भागमा पारेको विषयमा नेपालले आपत्ति जनाइरहेका बेला उसले गल्ती सच्याउनुको साटो त्यहाँ सडक नै निर्माण गर्ने घोषणा गरेको छ ।

भारतका गृहमन्त्री राजनाथ सिंहले गएको शुक्रबार नेपाली भूमि लिपुलेक कालापानी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेपछि विवाद थप चुलिएको हो ।

यस विषयले यतिखेर व्यापकरूपमा सामाजिक सञ्जाल, सडकदेखि सरकारसम्म तातेको छ । सरकारको पराराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै कडा आपत्ति जनाइसकेको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यसप्रति विशेष चासो राख्दै छलफलका लागि मन्त्रीहरूलाई बोलाएको छ । आज ९आइतबार० का लागि डाकिएको बैठकमा गृह, परराष्ट्र र भूमि व्यवस्थामन्त्रीको उपस्थिति हुने समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिनुभयो ।

नेपाली भूमि मिचिएका बारे सरकारको धारणा माग्न र आवश्यक निर्देशन दिनका लागि बैठक बोलाइएको उनले जानकारी दिनुभयो ।‘लिपुलेकका बारेमा पटक–पटक समितिमा छलफल भएको छ ।

यसअघिको छलफलबाट दिइएको निर्देशन सरकारले पालना नगर्दासीमा विवाद पार नलागेको हो । यस विषयमा छलफल हुनेछ ।’ –उहाँले भन्नुभयो । उहाँले बैठकमा ती निर्देशन तथा सुझाव किन पालना भएनन् भन्ने आफ्नो छलफलको चुरो हुने जानकारी दिनुभयो ।

यसअघि सरकारलाई नक्सा सार्वजनिक गर्न भनेको तर अझै सार्वजनिक नभइसकेको भन्दै ती नक्सा किन सार्वजनिक भएन भन्दै बैठकबाट जानकारी दिने र समस्याको समाधान खोज्ने सभापति खरेलले बताउनुभयो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।