यसबेला जनतालाई बचाउँने समय हो: रामहरि खतिवडा


हरेकपल May 10, 2020

ओखलढुंगा । कोरोना भाइरसको यो संकटसँग सामना गर्न सरकारले एक मात्रै विकल्पका रुपमा गत चैत्र ११ गते देखि अगामी जेठ ५ गतेसम्म देश लकडाउन गरेको छ । देश भरिका जनताहरु घर भित्रै थुनिएका छन् । लामो समयसम्म देश बन्दाबन्दी हुँदा जनताको जीवन कष्टकर छ । विपन्न तथा दैनिक ज्यालादारीका श्रमिकहरु भोकै छन् । कोरोनाले भन्दा भोकले विपन्नहरुको मृत्यु हुने डरलाग्दो आवस्था छ । नेकपाको सरकार जनताको दुख होइन सत्ताको अन्तहीन लडाँइमा फसेको छ ।


राज्य नै नभएको जस्तो लाग्ने अवस्थामा पनि नेपाली काँग्रेसका युवानेता रामहरि खतिवडा जनताको सुख दुखको साथी भएका छन् । उनी गत चैत्र २५ गते काटमाण्डौबाट राहत लिएर गृह जिल्ला ओखलढुंगा पुगे । ओखलढुंगाका स्थानीय तहलाई १५ हजार माक्स वितरण गरे । विपन्न परिवारलाई चमाल,तेल नुन ,सावुन लगायत दैनिक आवश्यकताका सामग्री वितरण गरे । स्वास्थ्य संस्थाहरुलाई पिपिई दिए । सुरक्षा कर्मीहरुलाई पन्जा दिए । पूर्व सांसद खतिवडा जिल्लामा मात्रै होइन , काठमाडौमा बसोवास गर्ने विपन्न परिवारका घर आँगनमा पनि पुग्ने गरेका छन् । उनी भन्छन् , लकडाउन सुरु भएदेखि हालसम्मा मैले आफ्नै घर अगाडीको पसलबाट मात्र पनि चार हजार पाँच सय केजी त चामल किने छु । यस्तै अन्य पसलबाट पनि अत्यावश्यक सामग्री खरिद गरेको छु । यो समय हिसाव किताव गर्ने समय होइन, जनतालाई बचाउँने समय हो ।


खतिवडा फेरी बैशाख ३० गते ओखलढुंगा जाने योजनामा छन् । राहतका सामग्री पनि खरिद गदै छन् । यस पटक १५० लिटर सेनिटाइजर, किटनाशक औषधी छर्ने स्प्रे, माक्स, पत्रकारहरुलाई ज्याकेट लगायत धेरै सामग्री खरिद गरि सकेको बताउछन् ।
जिल्लामा वाढीपहिरो आगलागी लगायत जस्तैसुकै प्राकृतिक विपत्तीमा सबै भन्दा पहिला पुग्ने र सहयोग गर्ने रामहरि खतिवडा नै हुन् । झन यो मामारीमा त सहयोगको याचन गर्दै उनको मोवाइलमा सयौं फोन आईरहेका छन् । जनताले राज्यसँग गर्नुपर्ने गुनासो पनि उनीसँग गर्दछन् । उनी मन्त्री होइनन्, सांसद पनि होइनन । तर मन्त्री र संसादले गर्न नसक्ने काम गरीरहेका छन् । गत निर्वाचनमा संघिय संसदमा पराजीत भएता पनि लोकतन्त्रमा विश्वास राख्ने उनी जनतालाई सधै सम्मान गर्दछन । जनताकै घर आँगन भेटिन्छन् ।