आज सोमवार, कस्ता कार्यका लागि शुभ रहनेछन् ? हेर्नुहोस् २०७७ वैशाख २९गते


हरेकपल May 10, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको २९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको ११ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत ज्येष्ठकृष्णपक्षको चतुर्थी तिथि दिवा १०।३३ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मूलम् नक्षत्र बिहान ८।८ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।१९ मा छ भने सूर्यास्त बेलुका ६।४३ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा रहेका छन् ।

आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग लाभदायी रहनेछ । यसेगरी आज ॐ सों सामाय नमः भन्ने मन्त्रको जप पनि लाभदायी रहनेछ ।