काठमाडौं । आज देशका केही स्थानमा चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको छ ।
यसैगरी, महाशाखाले हाल देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको जानकारी दिएको छ ।
यस्तै, महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भू–भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी, राति देशको अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।