चित्रकुमार दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति


हरेकपल May 11, 2020

२०७७, वैसाख २९, काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ए टु अन्तर्गत लायन्स क्लब अफ ओखलढुंगाको पाँचौ अधिवेशनले लायन चित्रकुमार दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । क्लबका अध्यक्ष लायन तेजप्रसाद धमलाको सभापतित्वमा सम्पन्न क्लबको भेलाले लायन वर्ष सन् २०२०र२०२१ का लागि दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको क्लबका सचिव लायन पुष्कर अर्यालले जानकारी दिए । क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति लायन तेजप्रसाद धमलाको कार्यकाल पुरा हुनै लाग्दा लायन वर्ष सन् २०२०र२०२१ का लागि दाहालले क्लबको नेतृत्व सम्हाल्ने भएका हुन् ।


कोरोना भाइरस ९कोभिड–१९० को महामारीका कारण देश लकडाउनको अवस्थामा भएतापनि क्लबले आगामी लायन वर्षका लागि नयाँ नेतृत्वको चयन गर्नुपर्ने भएको हुँदा सामाजिक दुरीको पालना गरी क्लबको अधिवेशन सम्पन्न भएको हो । रिजन चेयर पर्सन एवम् क्लबका चार्टर्ड प्रेसिडेण्ट लायन हरिप्रसाद दाहालको प्रमुख आतिथ्यता एवं जोन चेयर पर्सन लायन लेखनाथ दाहालको आतिथ्यतामा सम्पन्न अधिवेशनबाट लायन वर्ष सन् २०२०र२०२१ का लागि फस्ट भाइस प्रेसिडेण्टमा लायन जीवनाथ खतिवडा, सेकेण्ड भाइस प्रेसिडेण्ट लायन गान्धर्वराज पौडेल र थर्ड भाइस प्रेसिडेन्ट लायन पुष्कर अर्याललाई मनोनयन गरेको छ भने सचिवमा लायन कृष्णप्रसाद खनाल, कोषाध्यक्षमा देवीप्रसाद दाहाललाई मनोनयन गरेको छ । त्यसैगरी सदस्यहरुमा लायन बाशुदेव भण्डारी र लायन नरेन्द्र महर्जन चयन भएका छन् ।


सोही अधिवेशनबाट क्लबले ७ जना सदस्यसमेत थप गरेको क्लबका कोषध्यक्ष लायन कृष्ण प्रसाद खनालले जानकारी दिए । थप भएका सदस्यहरुमा प्रतिक अधिकारी, कुमारप्रसाद घिमिरे, दिपकप्रसाद दाहाल, दिनेशकुमार मगर, युवराज दाहाल, यादवप्रसाद कोइराला र विष्णुप्रसाद घिमिरे छन् ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि एवं रिजन चेयर पर्सन लायन हरिप्रसाद दाहालले क्लबले गरेका कामहरुको प्रशंसा गर्दै आगामी दिनहरुमा सबै पदाधिकारीहरु मिलेर सामाजिक काममा एकजुट भई अगाडी बढ्न हौसला प्रदान गर्नुभयो ।


सन् १९१७ मा अमेरिकाको सिकागोका विमा व्यवसायी मेल्भीन जोन्सले प्रथम विश्वयुद्धमा परेका मानिसहरूको सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको लायन्स क्लब इन्टरनेशनल अहिले २१२ वटा भन्दा बढि मुलुकमा स्थापना भइसकेको छ । विश्वभर यसको सदस्य सख्या १४ लाखभन्दा बढी पुगिसकेका भने नेपालमा वि।सं। १९७१ देखि पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाको अगुवाईमा पुर्वी नेपालको विराटनगरबाट यसको सुरुवात भएको हो । लायन्स क्लब इन्टरनेशनलले अहिले नेपालभर ८०० भन्दा बढी लायन्स क्लब खुलीसकेको र यसमा आवद्ध २४ हजार भन्दा बढी सदस्यहरू आवद्ध रहेको जनाइएको छ ।