घाँटी काटी युवकको हत्या


हरेकपल May 12, 2020

सिराहा, ३० वैशाख । लहानमा घाँटी काटी हत्या गरी फालिएको अवस्थामा मंगलबार बिहान एकजना युवकको शव फेलापरेको छ । शव लहान नगरपालिका–१७ गोविन्दपुरका ३७ वर्षीय मोहम्मद सफिदको भएको पहिचान गरिएको छ ।

मंगलबार सफिदको हत्या गरिएको अवस्थामा फेला परेको लहान प्रहरीले जनाएको छ । राति १० बजे सपरिवार खाना खाएर सुत्न छुट्टिएको र बिहान २ बजे पुनः खाना खान उनलाई खोज्दा नभेटिएको पारिवारिक स्रोतको भनाइ छ ।

बिहान ५ बजे पुनः खोज्न जाँदा आफ्नै बारीमा घाँटी काटी हत्या गरिएको अवस्थामा भेटाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । उनको संवेदनशील अंग र टाउको गायब पारिएको प्रहरीले बताएको छ ।

घटनास्थल मुचुल्कापछि शव पोष्टमार्टमका लागि लहान अस्पतालमा पुर्याइएको छ ।