ड्युटीमै रहेका वेला सम्पर्कविहीन बनेका प्रहरी जवान मृत फेला परे


हरेकपल May 12, 2020

सुर्खेत, ३० वैशाख । सुर्खेतको सिम्ता गाउँपालिकामा एक प्रहरी जवान मृत फेला परेका छन् । ड्युटीमै रहेका वेला सम्पर्कविहीन बनेका आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का ड्युटीबाटै सम्पर्कविहीन भएका थिए ।

उनी राति २–३ बजेसम्मको ड्युटीमा खटिएका थिए । खड्का आफूसँगै भएको एक थान पेस्तोल र गोलीसहित सम्पर्कविहीन भएका थिए । उनको शव मंगलबार बिहान ९ बजे आग्रीगाउँ प्रहरी चौकीदेखि एक किलोमिटर पर भेटिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

उनी के कारणले मृत भेटिए भन्नेबारे अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।