पूर्व–पश्चिम राजमार्गमा नेविसंघको प्रदर्शन


हरेकपल May 12, 2020

काठमाडौं, ३० वैशाख । नेपाल विद्यार्थी संघले सर्लाहीको लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार बिहान प्रदर्शन गरेको छ ।

नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरेर भारतले मानसरोवर जाने सडक उद्घाटन गरेको विरोधमा नेविसंघले पूर्व–पश्चिम राजमार्गमा विरोध प्रदर्शन गरेको हो । सर्लाही र जनज्योति बहुमुखि क्याम्पस एकाइ कमिटीको संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो ।

प्रदर्शनकारी ‘भारतीय दादागिरी बन्द गर्, हाम्रो भूमि फिर्ता गर्, नालायक सरकार राजिनामा दे, हाम्रो भूमि मिचिएको हैन बेचिएको हो, कालापानी–लिपुलेक–लिम्पियाधुरा हाम्रो हो’लगायत नारा लगाउँदै प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।