सत्यमोहन जोशी १०१ बर्षमा : अमेरिकी राजदूत बेरीले दिए शुभकामना


हरेकपल May 12, 2020

काठमाडौं, ३० वैशाख । नेपाली कला, सँस्कृति र साहित्यमा बिशेष योगदान दिएका शताव्दी पुरुष सत्यमोहन जोशी मंगलबार १०१ वर्ष पुगेका छन्।

जोशी १०१ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले ट्वीटरमार्फत शुभकामना दिदैं जोशीको सुस्वास्थ्यको कामना गरेका छन्। राजदूत बेरीले जोशीलाई महान नेपाली लेखक र जीवित साँस्कृतिक आइकनको उपमा समेत दिएका छन्।

गत वर्ष एक सय वर्ष पुग्दा महानगरपालिकाभर सार्वजनिक विदा दिएको ललितपुर महानगरपालिकाले एक वर्षभरी विभिन्न कार्यक्रम गरी जन्मशताव्दी मनाउने निर्णय गरेको थियो। सोही अनुसार महानगरपालिकाले बिभिन्न कार्यक्रम सम्पन्न गरेको भए पनि लकडाउनका कारण केही अबरोध भएको थियो।