मंगलबार एकै दिन ५७ जना कोरोना संक्रमित थपिए, कुल संख्या १ सय ९१


हरेकपल May 12, 2020

काठमाडौं, ३० वैशाख । नेपालमा मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये पर्सामा ३९ जना, कपिलवस्तुमा ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।