बुधबार नेकपा स्थायी कमिटी बैठक बस्ने


हरेकपल May 12, 2020

काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटीको बैठक बुधबारका लागि बोलाएको छ ।
यस अघि बैशाख २५ गते बस्ने तय भएको भए पनि त्यसका लागि आवश्यक ऐजेण्डा तयार नभएकाले बैठक बस्न सकेको थिएन । सो बैठकका लागि बैशाख २४ गते बसेको सचिवालय बैठकले एजेन्डा तय गर्ने भने पनि सो हुन सकेको थिएन ।
भोलि ११ बजेका लागि पार्टी कार्यालयमा धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी गराउनु भएको थियो ।गोरखापत्रबाट