आज बुधवार, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ वैशाख ३१ गते


हरेकपल May 12, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको ३१ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको १३ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत ज्येष्ठकृष्णपक्षको षष्ठी तिथि बिहान ९।४७ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराषाढा नक्षत्र बिहान ८।४२ बजेसम्म रहनेछन् । यसैगरी आज शुभ योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।१८ मा छ भने सूर्यास्त बेलुका ६।४४ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा रहेका छन् ।

आज बुधवार लक्ष्मीनारायण भगवान्को उपासना विशेष लाभदायी रहनेछ । यसैगरी आज विष्णसहस्रनाम पाठ पनि लाभदायी रहनेछ ।