टिपरको ठक्करबाट १६ बर्षिया किशोरको मृत्यु


हरेकपल May 13, 2020

दमक, ३१ वैशाख। झापाको दमक ५ स्थित दीपेनी मार्गमा बुधवार विहान ८ बजे सडक दुर्घटनामा एक किशोरको ज्यान गएको छ । खोलाबाट खोलाजन्य सामाग्रि झिकेर आएको को १ ख ५५२४ नम्बरको टिपरले साइकलमा रहेका एक किशोरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करले साइकलमा रहेका दमक १ का १६ बर्षिय किशोर सोवित दर्जीको घटनास्थलमा नै ज्यान गएको हो । ट्राफिक कार्यालय दमकका प्रमुख प्रहरी एवं प्रहरी साहयक निरक्षक यज्ञराज शर्माका अनुसार पश्चिमबाट पुर्व गइरहेको टिपरले पुर्वबाट पश्चिम साइकलमा आइरहेका वालकलाई ठक्कर दिएको थियो ।

किशोर दर्जीको घटनास्थलमा नै मृत्यु भएको थियो । टिपर अधिक गतिमा सञ्चालनमा रहेको भन्दै स्थानीयहरु आक्रोशित भएका थिए । लकडाउनको समयमा समेत दुर्घटना भएको भन्दै स्थानीयले आक्रोश पोखेका थिए । गोरखापत्रबाट