आज ज्येष्ठ संक्रान्ति, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ ज्येष्ठ १ गते


हरेकपल May 13, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको १ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको १४ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठकृष्णपक्षको सप्तमी बिहान १०।९ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । श्रवण नक्षत्र बिहान ९।४४ बजेसम्म रहनेछन् । यसैगरी ब्रह्म योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।१७ मा छ भने सूर्यास्त बेलुका ६।४४ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा रहेका छन् ।

आज ज्येष्ठ संक्रान्ति हो । सूर्य आजबाट वृष राशिमा प्रवेश गरेका छन् । यसैगरी आजबाट ग्रीष्म ऋतुको पनि आरम्भ भएको छ । संक्रान्तिमा दान पुण्यका कर्म लाभदायी रहन्छन् ।