धन कस्तो हुन्छ ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल May 13, 2020

सकुलं कुशलं सुजनं विहाय कुलकुशलशीलविकलेऽपि ।
आढ्ये कल्पतराविव नित्यं रज्यन्ति जननिवहा ।। – पञ्चतन्त्र

सगोत्री, सज्ज्न र कुशल आफन्तलाई छोडेर भए पनि मान्छे पराय धनी व्यक्तिकै चाकरी गरिरहेका हुन्छन् । मान्छे धनकै पछि लागिरहेको हुन्छ ।


संसार बलेकै आगो ताप्छ भनेझै मान्छे पनि धनकै पछाडि लागिरहेका हुन्छन् । निर्धन आफन्तलाई मान्छेले कहिल्यै हेर्दैन भने धनी पराय नै किन नहोस् विशेष चाकरी गरिरहेको हुन्छ । धनका पछाडि कुल, शील सबै गौण हुन्छन् । धनले मान्छेलाई अन्धो बनाइरहेको हुन्छ भन्ने नीति वचन मननीय छ ।