शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि


हरेकपल May 14, 2020

काठमाडौं, १ जेठ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ दिन अगाडि कपिलवस्तुबाट उपचारका लागि काठमाडौं ल्याइएकी बालिकामा कोरोना संक्रमण भएको त्रिवि शिक्षण अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले पुष्टि गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालले यसबारे छलफल गर्न बैठक बस्न लागेको र बैठकपछि मात्रै वास्तविकता सार्वजनिक गर्ने जनाएको छ ।

अस्पतालको न्युरो वार्डमा उपचाररत बालिकामा कोरोना पुष्टि भएपछि शिक्षण अस्पतालको न्युरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।