स्वास्थ्य मन्त्रालयले सच्यायो आँकडा, कोरोना संक्रमित संख्या २४५


हरेकपल May 14, 2020

काठमाडौं. १ जेठ । स्वास्थ्य मन्त्रालयले मन्त्रालयले यसअघि २५० जना कोरोना संक्रमितको आँकडा सार्वजनिक गरेको थियो । मन्त्रालयले कोरोना संक्रमितहरूको संख्या सच्याएको छ ।

मन्त्रालयले पाँचजनाको रिपोर्ट दोहोरिएको खुलासा गर्दै फेरि अर्को सूचना निकालेर संक्रमितको संख्या २ सय ४५ नै रहेको जनाएको हो । 

यसअघि सार्वजनिक गरेको सूचनामा ५ जना संक्रमित प्राविधिक त्रुटिबस दोहोरिएको मन्त्रालयले जनाएको छ ।

धनुषा, महोत्तरी र सर्लाहीका संक्रमित व्यक्तिको बारेमा दुईपटक जानकारी बाहिरिएको हो ।