पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


हरेकपल May 14, 2020

दाङ, १ जेठ । दाङमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा अर्का एकजना सख्त घाइते भएका छन् ।

तुलसीपुरको पर्सेनीबाट घोराहीतर्फ जाँदै गरेको गरेको रा५प ३६८८ नम्बरको मोटरसाइकललाई ना३च ५९४५ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको हो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका ७ का ३१ वर्षीय विशाल थापाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार विशालका भान्जा १३ वर्षीय हक्की पुन सख्त घाइते भएका छन् ।

घाइते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।