लक डाउनले गाउँको मुहार फेरिदै


हरेकपल May 14, 2020

रामेछाप १ जेठ । सरकारले लक डाउन गरिदिएका कारण यति बेला गाउँघरको मुहार फेरिएको छ । कामको खोजिमा शहर पसेका सर्वसाधारण गाउँ फर्किए पछि जिल्लाका अधिकाँश गाउँको मुहार फेरीएको हो । लेक तथा बेसि प्राय सवैजसो ठाउँमा यतिबेला खेतिको सिजन परेको र उक्त सिजन संगै गाउँ फर्किएका युवा युवतिहरुले लामो समय देखि बाँझिएको आफनो जमनमा खनजोत गरि बाली लगाएका छन् । जसका कारण धेरैजसोको खेतबारीमा तरकारी र तुलफुलले भरिएको छ ।
गत फागुन चैत देखिनै नियमित जस्तै भएको वर्षादले पनि गाउँको मुहार फेर्नलाई थप सहयोगि भुमिका खेलेको उनिहरुको अनुभब छ । खन जोत गर्नै पर्याप्त जनशक्ति भएपछि कतिपय युवाहरुले सामुहिक मिलेमतोमा वारी कान्ला खन्ने देखि बुट्टा उखलेर खेतियोग्य जमिन बनाएको रामेछाप नगरपालीका बडा नं ८ का गिरेन्द्र भुजेलले बताए ।


उनका अनुसार आफनो टोलमा मात्र नभएर अन्य गाउँमा पनि जम्मा भएका युवाहरु आफनो खेतबारीमा मकै छर्ने र गोड्ने अनि जोत्ने काम पनि सकिसकेका छन् । काम सकिए संगै कतिपयले आफनो बर्षाे देखिको बाँझो खोरिया फाँडेर सुन्दर र खेतियोग्य बनाएका छन् । त्यस बाहेक भुकम्प पछि वनेका र पुर्णता पाउन नसकेका तथा गुनासोमा सम्बोधन भएका घरहरुले पनि यतिनै बेला पुर्णता पाउने क्रमले तिब्रता पाएको छ । अधिकाँश युवाहरुले लकडाउनको समयलाई सकरात्मक तरिकाले विताई रहेका छन् ।


करीब डेढ महिना देखि नियमित घरमा बसेका कतिपय युवाहरु केहि समय राम रमाईलोमा भुलेको भएपनि सरकारले लडाउनको समय बढाए संगै जिम्मेवारीपुर्ण तरिकाले काममा लागेकाले बढेको हरियालीले गाउँको मुहारनै फेरिएको रामेछाप नगरपालीका वडा नं ४ का वडाध्यक्ष टुपेन्द्र तामाङ्गले बताए । यो अवस्थालाई नजर अन्दाज गर्दा रोजगारीको लागि बाहिरीएका धेरै युवाहरु गाउँ फर्कने प्राय निश्चित जस्तै भएको छ । यसलाई युवा र हामि जस्ता स्थानिय सरकारहरुले पनि साथ दिन सक्ने हो भने स्थानिय उत्पादनमा पनि स्वाभाविक रुपमा बृद्धिहुन गई आए आर्जनका ढोका खोल्ने निश्चित जस्तै भएको पनि उनले बताए ।


गाउँमा देखिएको तरकाारीको अभाव लाई पनि स्थानिय युवाहरुको प्रयासले केहि हद सम्म कतिपय ठाउँमा पुरा गरेको छ । परिणाम धेरै ठाउँका युवाहरुले तरकारी खेतिलाई पनि संग संगै लगेका छन् । एकातिर युवाहरुको सक्रियता र अर्कातिर मौसमले पनि साथ दिएकोले यस वर्षको हिउँदेवालीको उत्पादनम बृद्धिहुन सक्ने अनुमान पनि कृषि प्राविधिकहरुले गरेका छन् ।