थप नौ जनामा सङ्क्रमण पुष्टि, कुल २५८ पुग्यो


हरेकपल May 15, 2020

काठमाडौँ, २ जेठ । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएकने छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २५८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र भेरी अस्पतालमा गरिएको परीक्षणबाट सो पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप पुष्टि भएकामा मकवानपुरमा एक र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँकै नरैनापुरा १, ३ र ५ निवासी १८,२०,२२,२५,२५, २७, ३२, र ३६ वर्षका पुरूष रहेका छन् । गोरखापत्रबाट