पूर्वराजाले पास पाए, काठमाडौं आउँदै


हरेकपल May 15, 2020

काठमाडौं, २ जेठ । निजी भ्रमणका क्रममा झापामा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्कंदै छन् । जिल्ला प्रशासन कार्यालय झापाले दिएको पास गृह मन्त्रालयले रद्ध गरेपछि उनी उतै रोकिएका थिए ।

गृह मन्त्रालयको सहमति लिई झापा जिल्ला प्रशासन कार्यालयले पूर्वराजालाई सवारी पास उपलब्ध गराएको हो । पास पाएपछि शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ आएका छन् ।

गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताएका छन् ।

यसअघि पूर्वराजाले सवारी पास लिन निवेदन दिएपछि प्रशासन कार्यालयले पास दिएको थियो । तर, गृहको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले उक्त पास रद्ध गरेको थियो ।