तामाकोशी नदिमा डुवेर बालीका बेपत्ता


हरेकपल May 15, 2020

रामेछाप । विहिवार दिउँसो तामाकोशि नदिमा डुवेर एक बालीका बेपत्ता भएकी छन् । साथिहरु संग पौडिखेल्ने क्रममा विहिबार दिउँसो ओखलढुंगा जिल्ला घर भई मन्थली नगरपालीका वडा नं ८ जखिनटार वस्ने १२ बर्षिय रोशिका तामाङ्ग बेपत्ता भएकि हुन् ।


जखिनटार नजिकै तामाकोशि नदिमा पौडिखेल्ने क्रममा साथिहरु संगै रहेकि रोशिका नदिमा डुबेर बेपत्ता भएपछि स्थानियहरुले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । हाल स्थानिय र प्रहरीको समेत सहयोगमा वेपता भएकी वालीकाको खोजि भईरहेको रामेछापका प्रहरी प्रवक्ता टेकेन्द्र पौडेलले जानकारी दिनुभयो ।