राजनीतिक स्थायित्त्वमा मात्रै जनमतको सम्मान हुन्छ: राष्ट्रपति


हरेकपल May 15, 2020

काठमाडौँ, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्वमा नै जनताको अभिमतको सम्मान हुने भन्दै राजनीतिक स्थायित्वमा जोड दिनुभएको छ ।
नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रममा उहाँले सो कुरा व्यक्त गर्नुभएको हो ।
उहाँले राजनीतिक स्थायित्त्वबाट मात्रै नीतिगत निरन्तरता हुने र नीतिगत निरन्तरताबाट मात्रै सरकारका कार्यक्रमहरू कार्यान्वयन हुने बताउनुभायो

उहाँले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको वताउनु भएको छ । सम्बोधनको सुरुवातमै सम्पूर्ण कोभिड महामारीको चुनौति पूर्ण अवस्थामा आफूले संसदको वैठकलाई सम्बोधन गर्न लागेको स्मरण गर्नुहुँदै उहाँले आर्थिक क्षति आगामी दिनमा पुरण हुन संभावना रहेको तर जीवनको क्षति अपूरणीय हुने भन्दै जीवन रक्षा पहिलो प्राथमिकता बताउनु भएको हो ।
“कोभिड महामारीले गम्भिर धक्का परेको अवस्थामा आर्थिक क्षतिको पूर्ति आगामी दिनमा होला, अन्वेशण हुँदै जाला तर अहिले मानिसको जीवन रक्षा सरकारको सर्वोच्च कर्तव्य हो ।”
संक्रमण प्रारम्भ भएलगतै समन्वायात्वमक कार्याक्रम र सवै नागारिक सरोकारवालाको सकारात्मक भूमिकाले संक्रमण फैलनबाट रोक्नमा ठूलो सफलता मिलेको भन्दै यसमा अग्रपक्तीमा रहेका स्वाथ्यकर्मी सफाईकर्मी, सुरक्षाकर्मी, एम्वुलेन्स चालक जस्ता पेशाकर्मी प्रति आभार व्यक्त गर्नुभयो , उहाले संक्रमण फैलन नदिन अझै सर्तकता र एकता आवश्यक रहेको भन्दै एक ढिक्का भएर लाग्न आह्वान समेत गर्नुभयो । सम्बोधन जारी छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सो को प्रति राष्ट्रपति समक्ष प्रस्तुत गर्नुभएको थियो ।

नेकपा नेतृत्त्वको सरकार गठन पछिको यो तेस्रो नीति तथा कार्यक्रम हो । नीति तथा कार्यक्रमको प्रत्यक्ष प्रशारण गोरखापत्र अनलाइनको फेसबुकमा हेर्न सकिने छ ।