आज शनिवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ ज्येष्ठ ३ गते


हरेकपल May 15, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको ३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत मे महिनाको १६ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठकृष्णपक्षको नवमी दिवा १२।२१ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । शतभिषा नक्षत्र दिवा १।१२ बजेसम्म रहनेछन् । यसैगरी वैधृति योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।१७ मा छ भने सूर्यास्त बेलुका ६।४५ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा रहेका छन् ।


आज शनिवार शिवजीके उपासनाका साथै पिपलमा जल अर्पण लाभदायी रहनेछ । यसैगरी आज हनुमानस्तेत्र पाठका साथै शनिमहाकाल मृत्युञ्जयको जप पनि फलदायी रहनेछ ।