कस्ता व्यक्तिले अर्काको दुःख देख्दैनन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल May 15, 2020

राजा वेश्यं यमश्चाग्निस्तस्करौ बालयाचकौ ।
परदुःखं न जानन्ति अष्टमो ग्रामकण्टकः ।।
– चाणक्य

राजा, गणिका, यमराज, आगो, चोर, बालक, माग्ने (याचक) र गाँउको कुभलो चिताउनेले अर्काको दुःख देख्दैनन् ।

शासनको वागडोर सम्हालेर बस्ने व्यक्तिले कहिल्यै अरुको दुःख देख्न सक्दैनन् भनिएको छ । किनिकि यस्ता व्यक्तिलाई अनेकौँ सुरक्षाका घेराका साथै प्रशासनिक जटिलताले गाँजिरहेको हुन्छ । यसैगरी गणिका अर्थात् परगमन गर्ने स्त्रीले पनि अरुको दुःख देख्न सक्दैनन् । किनिकि यस्ता व्यक्तिलाई दुःख के हो थाह नै हुँदैन ।

यसैगरी यमराजले पनि कसैको दुःख देख्दैनन् र सुन्दैनन् पनि । किनकि यमराजको काम नै दुःख दिने हुन्छ । यसैगरी आगोले पनि कसैलाई दुःख छ भने नपोल्ने हुँदैन । आगोको धर्म नै पोल्ने हो । यसैगरी तस्कर अर्थात् चोरी व्यवसाय गर्नेले पनि अरुको दुःख बुझ्न सक्दैनन् । अर्थात् दुःख बुझ्नेले चोरी नै गर्दैन ।
यसैगरी बालकले पनि अरुको दुःख दैख्दैनन् भनिएको छ । किनिकि बालकलाई सुखदुःखको ज्ञान नै हुँदैन । यसैगरी गाँउमा खुरापाती दिमाख चलाई अस्थिरता निम्त्याउने व्यक्तिले पनि अरुको दुःख देख्न सक्दैनन् भन्ने नीति वचन मननीय छ ।