गाउँको अवस्था जटिल बन्दै गएको संम्वाद समुहको निश्कर्ष


हरेकपल May 16, 2020

रामेछाप । जिल्ला संम्बाद समुह रामेछापको शुक्रबारको बैठकले पछिल्लो समयमा गाउँको अवस्था जटिल बन्दै गएको निश्ष्कर्ष निकालेको छ । समूहको लामो समयपछि बसेको भरचुवेल बैठकका सदस्य हरुले कोरोना संक्रमणको पीसिआर परिक्षणको दायर बढाउन नसके गाउँको अवस्था झन जटिल हुँदै जान सक्ने निश्कर्ष निकालेको छ ।


सरकारले लकडाउन लगाए संगै गाउमा बढेको जनघनत्वले विस्तारै खाध्यन्नको संकट देखा पर्ने संभावना एकातिर देखिएको छ भने अर्कातिर लुकिछिपी वाहिर बाट आउने मानिसहरु र तिनिहरुको पिसिआर परिक्षणको दायरा फराकिलो नपारे सम्म गाउँमा जतिसुकै वेला पनि अप्ठेरो अवस्था आउन सक्ने दोरम्बा बाट प्रतिनिधित्व गर्नू हुने समुहका सदस्य एवं नेकपाका नेता तुल प्रसाद कडेलले बताए । उनले भने यसको लागि स्थानिय प्रशासन र स्थानिय सरकारी विच समन्वय हुनु जरुरी छ । मान्छेको आगमनको गति र खाद्यन्न ढुवानी आदी बाट संक्रमण सर्न सक्ने भएकाले सवै स्थानिय सरकारहरुको मिलेमतोमा पीसिआर परिक्षण किट खरिद गर्ने सम्मको पहल गर्नु पर्ने बताए ।
खाँडादेवि गाउँपालीकाबाट प्रतिनिधित्व गर्नु हुने समितिका अर्का सदस्य अधिवक्ता शिव कुमार कार्किले सरकारको काम गराईको तरिका अव्यवहारीक र भरपर्दाै नभएकोले यसलाई प्रभावकारी वनाउन नसके अवस्था थप जटिल हुन सक्ने बताए । उनले भने अहिले सरकारी तवरबाट भए गरेका कामहरुले दिर्घकालीन निकास दिन नसक्ने भन्दै सवभन्दा पहिले पिसिआर परिक्षणको दायरालाई संघिय सरकार र स्थानिय सरकारले आपसि समन्वयमा भरपर्दाे तरिकाले अगाडी बढाउन सक्ने बातावरण तयार गर्न आग्रह गरे ।


उमाकुण्ड गाउँपालीकाबाट प्रतिनिधित्व गर्नु हुने अर्का सदस्य एवं नेपाली काँग्रेसका नेता झपडराज भण्डारीले पनि अवस्था यहि अवस्थामा अगाडि वढे भोलीको दिनमा जटिल हुन सक्ने भएकाले स्थानिय सरकारलाई थप जिम्मेवार बनाउनका लागि संवाद समुह मार्फत आवश्यक कदम चाल्न पनि आग्रह गरे । अर्का सदस्य एवं रामेछाप उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष पशुपति वहादुर खड्काले पनि सवै पक्षले जिम्मेवारीका साथ काम गर्नु पर्ने र त्यसका लागि स्थानिय प्रशासनको भूमिकालाई थप जिम्मेवार वनाउने बातावरण तयार गर्न आग्रह गरे । उनले अहिले पनि गाउँको अवस्थालाई लक डाउनले कुनै पनि असर नगरेको र लक डाउनको समयमा सवै खालका गतिविधि पहिलेकै अवस्थामा भईरहेकोले यसलाई न्युनिकररण गर्ने वातावरण सृजना गर्न पनि आग्रह गरे ।


समाजका सदस्य नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले कोरोनाको संक्रमण गाउँमा भन्दा मन्थली लगाएतका मुख्य बजार हरुमा फैलन सक्ने भन्दै यसको नियन्त्रका लागि स्थानिय प्रशासनले गम्भिरताका साथ सोच्नु पर्ने धारणा राखेका थिए । उनले परिस्थीति नियन्त्रण बाहिर गयो भने त्यस बाट आउने परिणाम भयावह हुन सक्ने भएकाले त्यसतर्फ संजालले पहल गर्नु पर्ने बताएका थिए ।
वैठकले तत्काल जिल्लाका सवै स्थानिय सरकारका प्रमुख र स्थानिय प्रशासन संग समन्वय गरि सवै पालीकाहरुमा मौजुदा खाद्यन्नको अवस्थाको आँकलन गरि भावि दिनको अवस्थाको बारेमा तयारी गर्नु पर्ने बारेमा पनि छलफल भएको समुहका प्रतिनिधि टिका भट्टले बताए । बैठकमा कोरोनाको संभावित संक्रमण लाई निश्तेज पार्न गर्न सक्ने कामका वारेमा छलफल गर्ने र सवै सरकारको समेत संयुक्त सहयोगमा पीसिआर परिक्षणका लागि छुट्टै किट खरिद गरि परिक्षणको दायरालाई दू्रत र छरितो बनाउन पहल गर्ने निश्कर्ष समेत निकालेको जानकारी पनि भट्टले गराए ।