कपिलवस्तुमा थप ३ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या २७६ पुग्यो


हरेकपल May 16, 2020

काठमाडौँ,३ जेठ । आजको पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा कपिलवस्तु जिल्ला शिवराज नगरपालिका चन्द्रौटानिवासी २५,३४ र ४४ वर्षीय पुरूष रहेको र उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ