नेपालमा कोरोनाबाट पहिलो मृत्यु


हरेकपल May 17, 2020

काठमाडौं । विश्वमहामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपालमा पहिलो पटक एक व्यक्तिको ज्यान गएको छ। सिन्धुपाल्चोक बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु कोरोनाका कारण भएको पुष्टि शनिबार बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो।

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लैजाँदै गर्दा बिहीबार उनको मृत्यु भएको थियो। मन्त्रालयले नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

उनकोबैशाख २४ गते त्रिवि शिक्षण अस्पताल काठमाडौंमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो ।

कोरोनासाग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ । अहिले मृतकको घर र माइती दुबै ठाउँ सिल गरिएको छ। 

कोरोना संक्रमितको संख्या पनि बढेर २ सय ८१ पुगेको छ।