जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने तयारी


हरेकपल May 17, 2020

काठमाडौं, ४ वैशाख । सरकारले जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ । आइतबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय गर्दै छ ।

सरकारले पाँचौँँपटक थपेको लकडाउनको अवधि सोमबार सकिँदै छ । शनिबार सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको कोरोना सङ्क्रमण कारण ज्यान गएपछि सरकारले लकडाउनको समय थप गरेर थप कडा बनाउन लागेको हो ।

कोरोना सङ्क्रमणका रोकथाम उच्चस्तरीय समन्वय समितिले सरकारलाई सोबमोजिम सुझाब दिने र त्यसकै आधारमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने समितिमा रहेका एक मन्त्रीले बताएक छन् ।

दिउँसो साढे दुई बजे समन्वय समितिको बैठक बस्दै छ । शुक्रबार उच्चस्तरीय समितिले जनस्वास्थ्य विज्ञहरूसँग पनि परामर्श गरेको थियो । विज्ञहरूले परीक्षणको दायरा फराकिलो पार्न र स्वास्थ्यकर्मीलाई सिफ्टमा काम लगाउन सुझाव दिएका थिए ।

उनीहरुले लकडाउनलाई यथावत् राख्न र सीमामा अझै कडाइ गर्न सल्लाह दिएका थिए ।